Comments Add Comment

दिल्लीले आज पञ्जाबविरुद्ध खेल्दै, प्लेइङ सेटमा पर्लान् सन्दीप ?

१८ चैत, काठमाडौं । लगातार दुई खेलमा प्लेइङ सेटमा पर्न असफल सन्दीप तेस्रो खेलमा भने कोलकत्ता नाइट राइडर्सविरुद्ध मैदानमा छिरे । त्यसपछि सन्दीपको चर्चा थप चुलियो ।

नभन्दै सन्दीपले आफ्नो दोस्रो ओभरमै दिल्लीका लागि पहिलो विकेट दिलाए । उनले निखिल नाइकलाई एल्बिडब्लु आउट गराए ।

चार ओभर बलिङ गरेका सन्दीपले २९ रन खर्चेर एक विकेट लिए । अन्तत यो खेल दिल्लीले सुपरओभरमा पुगेर जितेको थियो । कोलकत्ता नाइट राइडर्सपछि दिल्लीले आज राति ८ बजेर १५ मिनेटमा भारतीय चर्चित नायिक प्रिती जिन्टाको टिम किंग्स इलाभेन पञ्जाबविरुद्ध खेल्दैछ ।

पञ्जाबकै घरेलु मैदानमा हुने खेलमा सन्दीप टिममा पर्न सक्ने अवस्था कस्तो छ ? त्यसो त, कोलकत्ता नाइट राइडर्सविरुद्धको सन्दीपको बलिङले टिमको मन जितेको छ भने प्रशिक्षक पनि खुशी छन् । त्यसकारण पनि सन्दीप टिममा पर्ने सम्भावना बलियो रहेको छ ।

तर सन्दीप टिममा पर्नका लागि कोलिन मुनरो, ट्रेन्ट बोल्ट, कोलिन इनग्राम, कागिसो रबडा, क्रिस मोरिस, किमो पाउल र शेर्फन रुथरफोर्डसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।

आईपीएलको आधिबारिक वेब साइडका अनुसार सम्भावित प्लेइङ सेट

दिल्लीः

पृथ्वी शाव, शिखर धवन, श्रेयस ऐयर (कप्तान), कोलिन इनग्राम, रिशव पन्त, हनुमा विहारी, हर्षल पटेल, क्रिस मोरिस, अमित मिश्र, सन्दीप लामिछाने र कागिसो रबडा

पञ्जाबः

लोकेश राहुल, क्रिस गेल, मायंक अग्रवाल, डेभिड मिल्लर, सरफराज खान, मन्दिप सिंह, रविचन्द्रन अश्विन -कप्तान), हेर्डुस भिल्जोइन, मुरुगन अश्विन एन्ड्रेव टाइ र मोहम्मद शामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment