Comments Add Comment

व्यवसायीको गुनासो : लागनीमैत्री वातावरण अझै बनेन

'विप्लवलाई प्रतिबन्ध लगाउँदा चन्दा आतंक बढ्यो'

१८ चैत, बुटवल । बुटवलका उद्योगी व्यवसायीहरुले संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई व्यवसायमैत्री ऐन कानून बनाइ लगानी र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् ।

उनीहरुले दुई तिहाईको स्थिर सरकार बनेपछि मुलुकमा लगानीको वातावरण बन्ने अपेक्षा गरिएपनि सरकारले लगानीको वातावरण बनाउन तथा भएको लगानीको समेत सुरक्षा गर्न चासो नदेखाएको आरोप लगाए ।

बुटवल उद्योग बाणिज्य संघको सोमबार बुटवलमा भएको २६ औं साधारण सभामा बोल्ने उद्योगी व्यबसायीहरुले व्यबसायिक बिकासकालागि लगानी सुरक्षा पहिलो सर्त भएकामा जोड दिए ।

बुटवल उद्योग वाणिज्य संघको २६औं सल्लाहकार सभामा बोल्ने व्यवसायीहरुले नयाँ सबिधान निर्माण भइ स्थायी सरकार बनिसकेपछि पनि व्यवसायमैत्री वातावरण बन्न नसकेको बताउदै राष्ट्रिय अन्तराष्ट्रिय लगानीका लागि सुरक्षा पहिलो आधार हुने बताए ।

व्यवसायीहरुले राजनीतिक मुद्धालाई राजनीतिक रुपमा वार्ताबाट समाधान गर्न सरकारलाई सुझाव दिदै विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर मुलुकलाई द्वन्द्वमा नधकेली बार्ताबाट समाधान गर्न आग्रह गरे ।

व्यवसायीहरुले विप्लव समूहलाई प्रतिवन्ध लगाउँदा बजारमा चन्दा र सहयोगको आतंक सुरु हुन लागेको समेत बताए । व्यवसायीहरुले प्रदेश नम्बर ५ को प्रदेश सरकार र प्रदेश सभालाई बुटवललाई प्रदेशको स्थायी राजधानी घोषणा गरी प्रदेश समृद्धिका लागि दीगो बिकासका योजना अघि सार्न आग्रह गरे ।

सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएसँगै फेरि चन्दा आतंक सुरु भएको उल्लेख गरे ।

उनले दुई तिहाईको स्थिर सरकार हुँदा पनि मुलुकमा लगानी आकर्षण गर्न नसक्नु र भएका लगानीको समेत सुरक्षा गर्न नसक्नुले मलुकको दिगो विकासमा प्रभाव पार्ने औंल्याए ।

पाँच नम्बर प्रदेशमा लगानीका प्रयाप्त सम्भावना रहेको र सरकारले लगानीका वातावरण बनाउने तथा लगानी सुरक्षामा प्रतिवद्ध हुने हो भने नीजि क्षेत्रले गर्नुपर्ने भूमिकामा पछि नपर्ने उनले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले नविकरण नभएका व्यबसायिक र्फम नविकरण गर्ने विषयमा उद्योग मन्त्री मात्रिका यादवले पहिले नै प्रतिवद्धता गरेपनि अहिलेसम्म कार्यान्वयन नगर्दा समस्या भएको बताए ।

उनले खुला अर्थ व्यबस्था भएको मुलुकमा सरकारले नियन्त्रित अर्थ व्यबस्था अबलम्बन गर्न खोजेकाले मुलुकमा लगानी आकर्षण हुन नसकेको बताए ।

संघका अध्यक्ष खिमबहादुर हमालले मुलुकमा लगानीको वातावरण नहुँदा निजी क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको बताए ।

पूर्वाधार, विकासका संरचना, बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय स्तरको बुटवल सम्मेलन केन्द्र लगायतका कारण प्रदेशको राजधानी बुटवल बनाउन पनि उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment