काठमाडौं । नेपालका लागि मेक्सिकोकी गैरआवासीय राजदूत मेल्बा प्रिय ओलाभारिताले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाल छिटै पूर्वावस्थामा फर्कने विश्वास ब्यक्त गरेकी छन् । प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा उनले नेपाल छिट्टै प्राकृतिक विपतबाट मुक्त हुने विश्वास ब्यक्त गरिन् ।
राजदूत मेल्बाले नेपालका विभिन्न भूकम्प प्रभावित क्षेत्रको समेत भ्रमण गरेकी छन् । उनले पीडित नेपालीको अनुहारमा छिट्टै मुस्कान आउने बताइन् ।
भेटका अवसरमा उनले नेपाल र मेक्सिकोको कुटनीतिक सम्बन्ध स्थापनाको ४० औ वाषिर्कोत्सवका अवसरमा आउदो असोज-कार्तिकमा काठमाण्डौंमा व्यापारिक तथा सांस्कृतिक प्रदर्शनी आयोजना गरिने पनि जानकारी दिइन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री कोइरालाले भूकम्पले नेपालमा अकल्पनीय क्षति गरेको बताउदै विदेशी राष्ट्रहरुबाट भएको सहयोगको प्रशंसा गरे ।
उनले खोजी र उद्धारका कामहरु सकिएको र अब राहत तथा पुनस्र्थापनाका काममा सरकार केन्दि्रत रहेको बताए । प्रधानमन्त्री कोइरालाले मनसुन अगावै सबै भूकम्पपीडित नेपालीलाई अस्थायी आवास निर्माण सक्ने गरी काम गरेको जानकारी दिए ।
उद्धार र राहतमा जस्तै पुस्र्थापना र पुनर्निर्माणको कार्यलाई परिणाममा पुर्याउन संयुक्त राष्ट्र संघसहित नेपालका सबै मित्रहरुले आ-आˆनो स्थानबाट प्रयास गरिरहेको प्रधानमन्त्री कोइरालाले बताए । नेपाल सरकारले असार १० गते नेपालमा दातृ सम्मेलन आयोजना गर्न राजदुत मेल्बालाई औपचारिक जानकारी दिए ।