Comments Add Comment

महंगी ज्याकलिन, ४ मिनेटको ३ करोड

Jacklin-Fernandesचलचित्र ‘किक’ हिट भएपछि बलिउडकी चर्चित नायिका ज्याकलिन फर्नान्डेजको रेट बढेको छ । उनी कुनै पनि कार्यक्रममा पुग्दा वा नृत्य गर्दा महंगो रकम लिने गर्छिन् । उनै ज्याकलिनले लण्डनमा आयोजना भएको एक उच्च घरानिया बिहेका लागि ४ मिनेट नाचेको ३ करोड लिएकी थिइन् ।

उनै ज्याकलिनले शुक्रबार दुबइमा आयोजना भएको एक अवार्ड समारोहमा आफ्ना चर्चित गीतमा नृत्य गरिन् । ‘अरब इन्डो बलिउड अवार्ड’मा ज्याकिलनले करिब ३ मिनेटको प्रस्तुती दिइन् ।

तर, उनले यो अवार्डमा नाचेको ७५ लाख लिएको खुल्न आएको छ । यो अवार्डमा नायक सलमान खान पनि उपस्थित थिए । उनका साथमा अन्य थुप्रै बलिउड कलाकारले अवार्डमा रमाइलो गरे ।

ज्याकलिनलाई अहिले विभिन्न कार्यक्रममा अफर आइरहेको छ । तर, उनी राम्रो पारिश्रमिक दिने कार्यक्रममा मात्र नृत्य गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment