+
+

हल त खुले तर नयाँ चलचित्र नहुँदा अप्ठ्यारो ?

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १८ गते ११:३१
फाइल फोटो
फाइल फोटो

भुकम्प गएपछि बन्द भएका काठमाण्डौका केही हल संचालनमा आइसकेका छन् । काठमाण्डौ बाहिर त भुकम्पले असर नपुर्‍याएका कारण अधिकांश हल संचालनमा नै छन् । तर, हल खुलेपनि निर्माताले नयाँ चलचित्र प्रदर्शन गर्ने आट नगर्दा हलसम्म दर्शक पुग्न सकेका छैनन् ।

अहिले काठमाण्डौमा हिन्दी र अंग्रेजी चलचित्र चलेका छन् भने काठमाण्डौ बाहिर पुराना नेपाली चलचित्रलाई नै स्थान दिनु परेको छ । निर्माताहरुले भदौ महिना भन्दा अगाडि चलचित्र रिलिज गर्ने सोच बनाएका छैनन् । जसका कारणले पनि यदि कुनै निर्णय र छलफल गरिएन भने भदौ भन्दा अगाडि कुनै पनि नयाँ चलचित्र हलले पाउने छैनन् ।

यसले दर्शकमा चलचित्र हेर्ने सोचाई नै हराउन सक्ने केही हल संचालकहरुको भनाई छ । कुनै समय धेरै चलचित्र भएर हल संचालकहरुले हप्तैपिच्छे नयाँ चलचित्र लगाउथ्य । अहिले नयाँ चलचित्र नभएर हल खोल्नु र नखोल्नुको अर्थ नभएको उनीहरुको भनाई छ ।

लगातार नयाँ हिन्दी चलचित्र हलमा चल्दा दर्शकमा नेपाली चलचित्र हेर्ने चाहना पनि घट्न सक्छ । जसका कारण आट गरेर नयाँ नेपाली चलचित्र चलाउन आवश्यक छ । यसका लागि प्रदर्शक, वितरक र निर्माताको छलफल गर्नुपर्ने आवश्यकता छ । तर, आजका दिनसम्म कुनै पनि संघसंस्थाले यस बारेमा गम्भिर भएर चासो देखाएका छैनन् ।

निर्माता संघका अध्यक्ष राजकुमार राई आफूले चलचित्र संघसँग अनौपचारिक वार्ता गरिरहेको बताउँछन् । तर, अहिलेसम्म चलचित्र क्षेत्रको यो बिषय परिस्थितीमा मुख्य तात्नु पर्ने संस्था नै मौन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?