+
+

तीन गाउँका बासिन्दा एउटै कुवाको पानी पिउन बाध्य

१८ जेठ, जाजरकोट । जाजरकोटको जगतिपुर गाविसमा तीन गाउँका बासिन्दा एउटै कुवाको पानी पिउन बाध्य छन् । स्वच्छ पिउने पानीको सुबिधा नहुदा तीनै गाउँका बासन्दाले एउटै कुवाको पानी पिउनु पर्ने बाध्यता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १८ गते १३:४२

Kuwa-ko-pani

  • मेलसोता कुवाको पानी गाग्रीमा भरेर घर फर्किने तयारीमा एक बालीका

बी.बी. गिरी
१८ जेठ, जाजरकोट । जाजरकोटको जगतिपुर गाविसमा तीन गाउँका बासिन्दा एउटै कुवाको पानी पिउन बाध्य छन् । स्वच्छ पिउने पानीको सुबिधा नहुदा तीनै गाउँका बासन्दाले एउटै कुवाको पानी पिउनु पर्ने बाध्यता भएको हो ।

बर्षौंदेखि वडा नम्बर ७, ८ र ९ का बासिन्दाले मेलसोता कुवाको पानी पिउदै आएका छन् । कुस्तरा, बटालागाउँ र रोकायाउँका १ सय ५० घरपरिवारले बाह्रै महिना मेलसोता कुवाको पानी पिउँछन् । गाउँको नजिकमा कतै पनि पानीका मूल नभएकाले कुवाको फोहर पिउनु पर्ने बाध्यता रहेकोे स्थानीय सुर्यबहादुर रोकायले बताए ।

स्वच्छ पिउने पानीको अभाबमा गाउँमा बिभिन्न पानी जन्य रोगको प्रकोप फैलने गरेको छ । फोहर पानीको प्रयोगले ती गाउँमा झडापखाला, आउँ, ज्वरो लगायतका रोग फैलने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । अरु समयमा भन्दा बर्षातको मौसममा पानीजन्य रोग फैलने गरेको स्वास्थ्यकर्मीको भनाई छ । ‘वर्षातको समयमा कुवामा पानी धेरै भए पनि फोहर हुने समस्या छ,’ स्थानीय गोपाल बटालाले भने ।

सुख्खा समयमा भने कुवामा पानी कम हुदा रातभर पालो पर्खेर पानी भर्नुपर्ने हुन्छ । ‘दिनरात कुवामा गाग्री लाइनमा राखेर पालो पर्खेर भर्नु पर्छ । के गर्ने पिउने पानीको सुबिधाको लागि नेतादेखि खानेपानी कार्यालयमा भनियो कतैबाट पनि सुनुवाई हुदैन,’ बटालागाउँकी भगवति बटालाले भनिन् ।

नजिकका पानीका मुहान नभएकाले ती गाउँमा पानीको ब्यबस्था गर्न बृहत खानेपानी योजना संचालन गर्नुपर्ने जिल्ला खानेपानी सरसफाई तथा सव डिभिजन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?