+
+

एनआरएन इटलीबाट भूकम्पपीडितलाई एक करोड ११ लाख

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १९ गते १२:१४

इटाली । इटालीका गैरआवासीय नेपाली (एनआरएन)ले भूकम्पपीडितका लागि एक करोड ११ लाख प्रदान गरेका छन् ।
इटालीमा भएका स्थानीय नेपाली तथा संघ/संगठनहरुसँग सहकार्य गरी एनआरएन इटलीले संकलन गरेको सो रकम भूकम्पपीडितका लागि प्रदान गरिएको हो ।

संकलित रकम मध्यबाट १ लाख युरो (करिब १ करोड ११ लाख) एनआरएनए आइसीसी को खातामाजम्मा गरिएको एनआरएनए इटलीले जनाएको छ ।

NRN italyनेपाली समाज भरेजे, मितेरी मञ्च मिलान, नेपाली समाज भेनिस, नेपाली समाज पिसा, नेपाली समाज रोम तथा अबैतनिक नेपाली कन्सुलर पाओलो नुगारी एवम् इटालियनहरुको सहयोग र सहकार्यमा आर्थिक सहयोग जुटेको जनाइएको छ ।

भूकम्पको पीडामा मल्हम लगाउने एनआरएनको अभियानप्रति इटालीका एनआरएनले गरेको सहयोग अर्को गौरवपूर्ण कार्य भएको भन्दै एनआरएन आईसीसी अध्यक्ष शेष घलेले बधाइ तथा आभार ब्यक्त गरेका छन् ।

एनआरएन इटालीबाट एक करोड ११ लाख ७९ हजार २ सय ८८ रुपैयाँ एनआरएन आईसीसीको खातामा जम्मा हुन आएको एनआरएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?