Comments Add Comment

नेपाल आउने अधिकांश वायुसेवाको उडान कटौती

२४ जेठ, काठमाडौ । विनाशकारी भूकम्पको कारण देखाउँदै नेपालमा उडान गरिरहेका २८ वटा अन्तर्राष्ट्रिय वायुसेवामध्ये अधिकांशले उडान कटौती गरेका छन् ।
plane-hi
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक समितिका अध्यक्ष भरत श्रेष्ठले खाडी मुलुकबाट नेपाल आउने र जाने क्रम शुरु भइसकेकाले यी गन्तब्यका वायुसेवाले उडानमा खासै ठूलो परिवर्तन नगरे पनि अन्यले कटौती गरेको जानकारी दिए ।
पर्यटकीय गन्तब्यलाई केन्द्र बनाएर आउने र पर्यटक बोक्ने वायुसेवाले ७५ प्रतिशतसम्म उडान कटौती गरेको श्रेष्ठले बताए ।

विदेशी पर्यटक नभएपछि खाडी मुलुकबाट आउने र जाने नेपाली यात्रु बाहेकका वायुसेवा कम्पनीले बाध्य भएर उडान तालिका कटौती गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।

नेपालमा पर्यटकको प्रमुख पर्यटकीय बजारका रुपमा चिनिएका चीन र भारतबाट पर्यटक आगमन अहिले ठप्प छ । दैनिक तीन वटा उडान गर्ने चिनियाँ वायुसेवाले साताको तीन वटामात्र उडान गरेको छ ।

अन्य वायुसेवा कम्पनीले पनि ब्यापक मात्रामा उडान कटौती गरेको उनको भनाई छ । पर्यटक घटेकै कारण नेपाल वायुसेवा निगमले थाइल्याण्डको दुई वटा टिकट खरिदमा एउटा टिकट सित्तैमा दिन थालेको छ । निगमले उडान तालिका भने कटौती नगरेको निगमका प्रवक्ता तथा कर्पोरेट निर्देशक रामहरी शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment