+
+

राजवल्लभको फिल्म स्पेनको फेस्टिबलमा, नेपाल घुम्न जान प्रेरित गर्ने

‘मड्रिड इन्टरनेशनल फिल्म फेस्टिबल २०१५’मा सहभागी हुनका लागि नायक राजवल्लभ कोइरालासहित चलचित्र ‘हाइवे टु धम्पुस’को टिम स्पेन आउने भएको छ । यो चलचित्रसँगै राजवल्लभले हलिउड चलचित्रमा पाइला पनि राखेका थिए ।

यो महोत्सव जुलाई २ देखि ११ तारिकसम्म स्पेनको राजधानी मड्रिडमा हुन लागेको हो । रिक म्याक फारल्याण्डको निर्देशनमा बनेको यो चलचित्र बेष्ट फिचर फिल्म, बेष्ट लिड एक्ट्रेस, बेष्ट साउण्ड, बेष्ट ट्राक लगायतका विभिन्न विधामा मनोनित भएको छ । यो चलचित्रमा नेपालका सुन्दर ठाउँहरु पोखरा, धम्पुस, काठमाण्डौ लगायत अमेरिकाका विभिन्न स्थानलाई पर्दामा देखाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २४ गते १२:०६

highway-to-dhampus
बसन्त रानाभाट, बार्सिलोना
‘मड्रिड इन्टरनेशनल फिल्म फेस्टिबल २०१५’मा सहभागी हुनका लागि नायक राजवल्लभ कोइरालासहित चलचित्र ‘हाइवे टु धम्पुस’को टिम स्पेन आउने भएको छ । यो चलचित्रसँगै राजवल्लभले हलिउड चलचित्रमा पाइला पनि राखेका थिए ।

यो महोत्सव जुलाई २ देखि ११ तारिकसम्म स्पेनको राजधानी मड्रिडमा हुन लागेको हो । रिक म्याक फारल्याण्डको निर्देशनमा बनेको यो चलचित्र बेष्ट फिचर फिल्म, बेष्ट लिड एक्ट्रेस, बेष्ट साउण्ड, बेष्ट ट्राक लगायतका विभिन्न विधामा मनोनित भएको छ । यो चलचित्रमा नेपालका सुन्दर ठाउँहरु पोखरा, धम्पुस, काठमाण्डौ लगायत अमेरिकाका विभिन्न स्थानलाई पर्दामा देखाइएको छ ।

महोत्सवका दौरान चलचित्र ‘हाइवे टु धम्पुस’ को पनि विशेष शो आयोजना हुन लागेको छ । जुलाई ७ तारिखमा यो चलचित्रको प्रदर्शन हुनेछ । नायक कोइरालाले भने-‘नेपालमा बनेको चलचित्र नेपालीहरुसँगै बसेर हेर्न र प्रतिक्रिया सुन्ने चाहना निर्देशकको पनि छ ।

यसैले सम्पूर्ण नेपालीलाई सहभागी हुन आग्रह गर्दछु ।’ महोत्सवमा नायक कोइराला, निर्देशक रिक, नायिका रेचेल लगायत उनको टिम सहभागी हुन लागेको हो । यसैविच, नेपालमा आएको भुकम्पले पर्यटक घटेको समाचार आइरहेको समयमा चलचित्र ‘हाइवे टु धम्पुस’ यूनिटले भने नेपाल घुम्न जान पर्यटकलाई प्रेरित गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?