+
+

कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्न छोडे हुन्छ : बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १६:०४

७ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले अबदेखि आफूलाई लोकतान्त्रिक पार्टी भन्न छोड्नुपर्ने बताएका छन् ।

संसद् भवन परिसरमा सोमबार पत्रकारहरूलाई प्रतिक्रिया दिँदै कांग्रेसको अलोकतान्त्रिक चरित्र उदांगो भएको उनले बताएका हुन् ।

बर्तौलाले भने, ‘कांग्रेसले आजको प्रतिनिधि सभा बैठकमा जे गर्‍यो त्यसले यो पार्टी लोकतान्त्रिक होइन भन्ने पुष्टि भएको छ । अबदेखि कांग्रेसले आफूलाई लोकतान्त्रिक भन्न छोडे हुन्छ ।’

आजको शैली र तरिका कांग्रेसका लागि घातक भएको पनि बर्तौलाले बताए । उनले भने, ‘संसदीय मर्यादा विपरीतका गतिविधि कांग्रेसकै लागि घातक हो । यसले कांग्रेसलाई ठूलो घाटा पर्नेछ ।’

कांग्रेसले संसद्‌मा दादागिरी, अराजकता र उद्दण्डता देखाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?