Comments Add Comment

सुपारी आयातबाट साढे छपन्न करोड बढी राजस्व

Supari-baramad-1२४ जेठ, पथरी । सुपारी आयातबाट यो वर्ष ५६ करोड ७३ लाख ३७ हजार ५५० राजस्व सङ्कलन भएको छ ।

विराटनगर भन्सार कार्यालयको तथ्याङ्कअनुसार यो वर्ष घटेर ८६ लाख ३९ हजार १५१ किलो सुपारी आयात भएको छ । नेपालबाट भारततर्फ अवैध रुपमा हुने सुपारीको चोरी निकासीमा कडाइ गर्न थालेपछि तेस्रो मुलुकबाट विराटनगर नाका हुँदै नेपाल आयात गरिने सुपारीको परिमाण घटेको हो ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष तीन करोड २६ लाख किलो सुपारी आयात भएको थियो । गत वर्ष वैशाखसम्ममा सुपारी आयातबापत  ८५ करोड ४९ लाख ४१ हजार ५०० राजस्व सङ्कलन भएको थियो । गत वर्षसम्म तेस्रो मुलुकबाट नेपालमा आयात गरेको सुपारी ठूलो परिमाणमा अवैध बाटोबाट भारत निकासी हुँदै आएको थियो ।

“सुपारी आयातमा कमी आएपछि राजस्व असुलीसमेत प्रभावित भएको छ” भान्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भने । सुपारीमा लाग्दै आएको भन्सार महसुल बढेका कारण पनि आयातमा असर परेको हुनसक्ने उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment