Comments Add Comment

सडकका इञ्जिनियर १ लाख २० हजार घुससहित पक्राउ

कपिलदेव खनाल
२६ जेठ, नुवाकोट । डिभिजन सडक कार्यालय नुवाकोटका ईञ्जिनियर लालसिंह ऐरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख २० हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको छ ।

Lal-Sing-Airi-Arrested-from

अख्तियारको टोलीले कार्यालय परिसरबाटै ऐरीलाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो । सडकको निर्माणपछि प्राविधिक फर्छ्यौट स्वीकृत गर्नको लागि सेवाग्राहीसंग ऐरीले एक लाख २५ हजार रुपैयाँ मागेकोमा एक लाख २० हजार रुपैयाँमा सहमती भएर रकम बुझेका थिए ।

सेवाग्राहीसंग उनले डिभिजन सडक कार्यालयको बा १ झ ५८ नम्बरको गाडी भित्र बसेर रकम लिएको केही समयमा नै अख्तियारका प्रहरी नायव उपरीक्षक खेमबहादुर केसी सहितको टोलीले नियन्त्रणमा लिएको हो ।

ईञ्जिनियर ऐरीलाई अनुसन्धान र आवश्यक कारबाहीको लागि अख्तियारको टोलीले काठमाडौं लगेको छ ।

कार्यालयमा लामो समयसम्म अनुपस्थित हुने, सेवाग्राही प्रति वफादार नभएको, गुणस्तरहीन सडक निर्माणको पनि प्राविधिक पक्षलाई स्वीकृत दिने गरेको आरोपमा ऐरी विवादित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment