+
+
Shares

होली मनाइरहेका युवक प्रहरीको गाडीको ठक्कबाट घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते १६:०९

८ चैत, जनकपुरधाम । होली मनाउने क्रममा जनकपुरधाममा प्रहरीको गाडीले एक युवकलाई ठक्कर दिएको छ ।

जनकपुर उपमहानगरपालिका-४ स्थित राम चोकमा प्रहरीको भ्यानले ठक्कर दिदा होली मनाइरहेका सन्दीप यादव गम्भीर घाइते भएका हुन् ।

२० वर्षीय यादवको जनकपुरमा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रहरीकै भ्यानले ठक्कर दिएपछि स्थानीयहरुले उक्त गाडीमा तोड्फोड समेत गरेका छन् ।

बुधबार पहाडी जिल्ला, बिहीबार मधेशका जिल्लामा होली पर्व मनाए पनि जनकपुरमा भने शुक्रबार यो पर्व मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?