+
+

तिम्ल्याहा दाजुभाइ नै डाक्टर

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ४ गते ७:३६

४ असार, काठमाडौ । एउटा अनौठो रमाइलो संयोग, तिम्ल्याहा दाजुभाइ जन्मेसँगै, हुर्केसँगै, र डाक्टर बने पनि सँगै । राजधानीका तिम्ल्याहा दाजुभाइ डाक्टर बनेरसँगै इन्टर्नसिपसँगै ।
Doctorराजधानीका तिम्ल्याहा दाजुभाइ डाक्टर बनेरसँगै इन्टरर्नसिपसमेत गरिरहेका छन् । एउटै आमाको कोखबाट केही समयको अन्तरमा जन्मेका यी तिम्ल्याहा डाक्टर बनेर गिनिज बुक अफ द वर्ल्ड रेकर्डसमा नाम लेखाउने तयारीमासमेत छन्, समाचारपत्रमा खबर छ ।

चितवन भरतपुरका शिवप्रसाद देवकोटा र शकुन्तलाबाट जन्मिएका तिम्ल्याहा दाजुभाइ सौगात, सौजन र सौरज देवकोटा तिम्ल्याहा दाजुभाइ नै डाक्टर भएको नेपालको अनौठो रेकर्डलाई गिनिज बुक अफ द वल्र्ड रेकर्डसमा दर्ता गर्ने तयारीमा जुटेको बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

शिवप्रसादका अनुसार यी तिम्ल्याहा २०४८ असोज ६ गते ८ मिनेटको अन्तरमा जन्मिएका थिए । राजधानीको थलीमा बस्दै आएको देवकोटा परिवारले यी तिम्ल्याहा दाजुभाइलाई थलीकै एभरेष्ट बोर्डिङ स्कुलमा सँगसँगै भर्ना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?