Comments Add Comment

मिरपुर वन डेमा बंगलादेशद्वारा भारत पराजित

Sakib-all-hasan

४ असार, काठमाडौं । भातरविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेश ७९ रनले विजयी भएको छ । यससँगै बंगलादेशले तीन म्याचको श्रृखलामा १-० को अग्रता लिएको छ ।

मिरपुरमा टस जितेर पहिले ब्याटिङ थालेको बंगलादेशले अन्तिम दुई बल खेल्नुअघि सबै विकेट गुमाएर ३ सय ७ रन बनायो ।
उसको सुरुवात राम्रो रहृयो । तमिम इकवाल र सौम्य सरकारले पहिलो विकेटका लागि १ सय ५ रनको साझेदारी गरे । सौम्य सरकार ५४ रनमा आउट भए । थप २१ रन जोड्दा तमिमले व्यक्तिगत ६० रनमा पभेलियन फर्किए । लिटोन दास ८ र मुस्फिकर रहित १४ रनमा आउट भए ।

तर, सकिब अल हसन र सविर रहमानले बंगलादेशको पारी सम्हाले । सकिब र सबिरले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । सविर ४१ रनमा आउट भए ।

सकिबले नासिर हुसेनसँग ३८ रनको साझेदारी गरे ।

सकिब ५२ रनमा आउट भए । नासिरले ३४ रन जोडे भने मोर्टाजाले २१ रन जोडे । रुवेल हुसेन ४ र तास्किन अहमद २ रनमा आउट भए । भारतका आ अश्विनले ३ विकेट लिए भने उमेश यादब र भुवनेश्वर कुमारले समान २-२ विकेट हात पारे ।

जवाफमा मैदान उत्रिएको भारत भने ४६ ओभरमा २ सय २८ रन जोड्दा अलआउट भयो ।

भारतको पनि सुरुवात राम्रो थियो । रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे । तर, अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

शर्माले भारतका लागि सर्वाधिक ६३ रन बनाए । सुरेश रैनाले ४०, शिखर धवनले ३०, रविन्द्र जडेजाले ३२ र विनय कुमारले २५ रन बनाए ।
विराट कोहली १ रनमै आउट भए । कप्तान महेन्द्र सिंह धोनीले ५ तथा अजिन्क्या रहाणेले ९ रन बनाए भने आर अश्विनले खाता नै खोल्न सकेनन् ।

भुवजेश्वर कुमार र मोहित शर्माले अन्तिम अवस्थामा भारतले बताउन प्रयास गरे ।

तर, मोहित शर्मा ११ रनमा आउट भए । अन्तिम विकेटका रुपमा आउट भएका उमेश यादवले २ रन मात्र बनाउन सके । भुवनेश्वर कुमार २५ रनमा अविजित रहे ।

भारतलाई सस्तैमा समेट्ने क्रममा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका मुस्तफिजुर रहमनले ५० रन दिएर ५ विकेट लिए । यस्तै सकिब अल हसन र तस्किल अहमदले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment