Comments Add Comment

विश्व खाद्यले संसदीय अनुगमन टोलीलाई कागजात दिएन

WFP Dal Banke (2)

आरपी सुवेदी

७ असार, नेपालगञ्ज । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले नेपालगञ्ज गोदाममा रहेको खद्यान्नको अवस्थाबारे संसदीय अनुगमन टोलीले अध्ययनका लागि माग गरे बमोजिमको विवरण नदिई फर्काएको छ ।

गोरखाको लारपाकका भूकम्प प्रभावितका लागि विश्व खाद्य पठाएको खाद्यान्न अखाद्य भेटिएपछि संसदको राष्ट्रिय विपद व्यवस्थापन तथा निर्देशन विशेष समितिमको टोली खाद्य विज्ञसहित नेपालगञ्ज आएको थियो ।

टोली संयोजक समेत रहेका कांग्रेसका सभाषद गौतमले डब्लुएफपीको नेपालगञ्ज कार्यालयले गोदममा मौजदात रहेको खाद्यान्नको बारेमा आवस्था जनाउ हुने कुनै पनि डकुमेन्ट नदिएको बताए ।  उनले भने-‘हामीले डब्लुएफपीले नेपालगञ्जमा भण्डारण गरिएका खाद्यान्नको तथ्याङ्क मागेका थियौं । सोमबार बिहान दिने भनियो तर, कुनै पनि तथ्याङ्क नदिएपछि सभामुुखलाई गराई काठमाडौं फर्कदैछौं ।’

संसदीय समितिले विश्व खाद्य कार्यक्रमको नेपालगञ्ज कार्यालयसँग भएका सबै गोदाममा रहेको खाद्यान्नको आयातको प्रकृया, आयताको परिणाम, भण्डारण, गुणस्तर परिक्षणको अवस्था र सप्लाई चेनको बारेमा डिटेल मागेको थियो ।

उनका अनुसार अनुगमनका क्रममा डब्लुएफपीको बाँकेको खजुरामा रहेको कपास विकास समितिको गोदाममा भेटिएका ५ सय ४१ मेटि्रक टन दाल खानको लागि अयोग्य भएकोबारे स्थानीय प्रशाशनलाई कुनै पनि जानकारी नभएको आफूहरुले पाएको बताए । ‘हामी एक्कासी गोदाममा पुग्दा मात्र खान अयोग्य रिजेक्ट भएको दाल हो भनेर भनियो’ उनले भने-‘कहाँबाट कहीले यत्रो परिणाममा खान अयोग्य दाल आयो हाम्रो पनि खोजीको विषय बनेको छ ।’

अनुगमन समितिका सदस्य तथा एमालेका सभासद दलबहादुर सुनारले डब्लुएफपीले त्यति ठूलो परिमाणमा भित्रयाएको खाद्ययान्नको अवस्थाको बारेमा राज्यका कुनै पनि निकायलाई जानकारी नै नदिनु अनौठो भएको बताए । उनले डब्लुएफपीले खरिद गरेको खाद्ययान्नको गुणस्तर राज्यको निकाय भन्दा पनि बाहिरबाट गुणस्तर परिक्षण गराएर गुपचुप राखिएकोले नै शंकास्पद भएको बताए ।

विश्व खाद्य कार्यक्रमले नेपालमा सप्लाई गर्ने दालको लागि ‘अरवेल टर्की’ नामक अन्तराष्ट्रिय कम्पनी नै मुख्य ठेकेदार भए पनि ‘एलाईन्स ग्रेन ट्रेड मुम्बई’ मार्फत भारतको बहराईचमा प्याकिङ्ग गरी पठाउने गरिएको पाइएको छ ।

नेपाल भित्र्याउने खाद्यान्नको गुणस्तर चेक जाँचको लागि राज्यको निकाय भन्दा पनि खाद्य तथा गुण नियन्त्रण विभागका पूर्व कर्मचारीको प्राईभेट र्फम ‘सेन्टर फर क्वालिटी कन्भरसेन्स प्राली’ ले गर्ने गरेको प्रारम्भीक चरणमा पाइएको छ ।

संसदीय समितिले काठमाडौं पुगेर तत्काल प्रारम्भीक प्रतिवेदन दिने बताएको छ । प्रतिवेदनमा आफुहरुले अनुगमनमा भेटेका कुरालाई प्राथामिकताका साथ राख्ने र यसमा दोषी भेटीएकालाई कारवाहीको दायरामा ल्याउनको लागि सिफारिस समेत गर्ने बताए ।

यो पनि पढ्नुस्
विश्व खाद्य कार्यक्रमको गोदाममा कुहिएको दाल भेटियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment