+
+

४० वर्ष टिक्ने भूकम्प प्रतिरोधी बाँसको घर

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ९ गते ११:१४

९ असार, काठमाडौं । भूकम्पबाट घर ध्वस्त भएपछि धेरैले सस्तो घरको खोजी गरिरहेको अवस्थामा हिमालयन बेम्बोले बाँसबाट भूकम्प प्रतिरोधी घर बनाउने जनाएको छ । कम्पनीले  भूकम्प प्रभावितलाई लक्षित गरेर सस्तोमा बाँसको घर बनाउने जानकारी दिएको हो ।

Bambo-house

बाँसलाई ट्रिटमेन्टपछि प्रयोग हुने भएकाले घरको आयु ४० वर्षभन्दा बढीको हुने र यस्तो घर नेपालको हावापानी र भौगोलिक अवस्था अनुकुल भएको कम्पनीको दाबी छ । बाँसको घर बनाउन फाउन्डेसनको लागि १५ दिन र घर पूरै निर्माण गर्न १५ दिन लाग्ने बताइएको छ ।

कम्पनीले अहिलेसम्म दुई सय घर निर्माण गरिसकेको जनाएको छ । भूकम्पपछि मात्रै डेढ सय घरको अर्डर लिइसकेको कम्पनीद्वारा  जारी विज्ञप्तीमा उल्लेख छ ।
घरको मूल्य साढे तीन लाखदेखि सुरु भएर सुविधा र कोठा अनुसार बढ्दै जानेछ । एक परिवारको लागि आवश्यक २ कोठा, भान्छा, ट्वाईलेट र बरण्डासहितको ३ सय ६० वर्गफिटको हुने यो घरको लागत प्रतिवर्ग फिट एक हजारदेखि १६ हजार रुपैयाँसम्म पर्ने विज्ञप्तीमा उल्लेख छ । कम्पनीको हेटौंडामा रहेको उद्योगले बाँसको ट्रिटमेन्ट गरेपछि घरको फ्रेम निर्माण हुन्छ ।
कम्पनीका अनुसार घरको फाउन्डेसनमा ढुंगा र सिमेन्ट प्रयोग हुन्छ । घरको छानो टिनको हुनेछ र भित्तामा बाँसमा सिमेन्टले प्लास्टर गरेपछि आर्कषक देखिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?