Comments Add Comment

उद्योग वाणिज्य महासंघमा भाष्कर, पशुपति र भवानीको उम्मेदवारी दर्ता

Bhaskar,-bhawani-and-Pashupati-Murarka

१२ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका लागि तीनजनाको उम्मेदवारी दरखास्त परेको छ ।  निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षका लागि पूर्वबरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार, हालका बरिष्ठ उपाध्यक्ष पशुपति मुरारका र पूर्वउपाध्यक्ष भवानी राणाको उम्मेदवारी परेको छ ।

महासंघको अध्यक्षका लागि असार १८ गते निर्वाचन हुदैछ । एक वर्षअघि अध्यक्ष निर्वाचित भएका प्रदीपजंग पाण्डे भ्रष्टाचार मुद्दामा जेल परेपछि अध्यक्ष पद रिक्त भएको थियो ।

महासंघको अध्यक्ष सर्वसम्मत चयन गर्ने प्रयास असफल भएपछि अन्ततः त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यसअघि प्रदीपजंग पाण्डेविरुद्ध अध्यक्षमा उठेका भाष्कर, कार्यवाहक अध्यक्षसमेत रहेका मुरारका र मुराराकासँगै बरिष्ठ उपाध्यक्षमा पराजित राणाबीच कडा टक्कर हुने देखिएको छ ।

मुरारका यसअघि भाष्करको टिमबाट बरिष्ठ उपाध्यक्ष जितेका थिए । स्रोतका अनुसार पूर्वअध्यक्षहरुले नै आ-आफ्ना उम्मेदवार च्यापेपछि सर्वसम्मत नभएको हो ।

भाष्करलाई पूर्वअध्यक्षहरु सुरज वैद्य, विनोदबहादुर श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठलगायतका समर्थन छ भने भवानीलाई पूर्वअध्यक्ष चण्डीराज ढकालले समर्थन गरेका छन् । मुरारकालाई मारवाडी औद्योगिक घरानाहरुको समर्थन छ ।

भाष्कर र मुरारकालाई मिलाउन बैद्य समूहले अझै प्रयास गरिरहेको छ । मुरारकालाई अर्कोपटकको अध्यक्षको उम्मेदवार बनाउने गरी भाष्करको समर्थनमा उम्मेदवारी फिर्ता गराउने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत तथा एशोसियट सदस्य र द्वि-राष्ट्रिय सदस्यहरुले भाग लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment