+
+

लायन्स ईन्टरनेशनलमा पहिलो पटक नेपाली डाइरेक्टर चयन हुँदै

१२असार, नेपालगञ्ज । लायन्स क्लव ईन्टरनेशनलको डाईरेक्टरको रुपमा नेपालका लायन ईञ्जिनियर संजय खेतान -एमजेएफ) पहिलो पटक चयन हुने पक्का भएको छ ।

२९ जुनमा अमेरिकाको हवाईमा सम्पन्न हुने अन्तराष्ट्रिय कन्भेन्सनबाट उनी साउथ एशिया तथा ईस्ट अफि्रकाका ६४ मुलुक सहभागि रहेको ईशामे फोरमको तर्फबाट उनी डाईरेक्टरमा चयन हुने भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १२ गते १४:०२

आरपी सुवेदी

१२ असार, नेपालगञ्ज । लायन्स क्लव ईन्टरनेशनलको डाइरेक्टरको रुपमा नेपालका लायन ईञ्जिनियर संजय खेतान (एमजेएफ) पहिलो पटक चयन हुने पक्का भएको छ ।

Sanjay-khetan२९ जुनमा अमेरिकाको हवाईमा सम्पन्न हुने अन्तराष्ट्रिय कन्भेन्सनबाट उनी साउथ एशिया तथा ईस्ट अफ्रिकाका ६४ मुलुक सहभागी रहने ईशामे फोरमको तर्फबाट उनी डाईरेक्टरमा चयन हुने भएका हुन् ।

नेपालमा लायनपादको प्रवेशको ४४ वर्षपछि मात्र पहिलो पटक नेपालीले अन्तराष्ट्रियमा आफ्नो उपस्थिति जनाउन पाएको लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५वि-२ का पूर्व डिस्टिक गभर्नर सेम शाक्यले जानकारी दिए ।

‘अन्तराष्ट्रिय डाईरेक्टरमा निर्वाचित भएपछि संञ्जयजी जुलाई ४ तारिकमा नेपाल आउने कार्यक्रम छ । हामीले उहाँको नेपाल आगमनलाई भब्य बनाउनको लागि कुनै कसर बाँकी नराख्ने गरी तयारी अघि बढाएका छौं’-उनले भने ।

लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५वि-२ का सेकेन्ड भाईस डिस्टिक्ट गर्भनर मधुसूदन शर्मा रिजालले नेपालले लायनबादको ईतिहासमा अन्तराष्ट्रिय डाईरेक्टर पाएको अवशरमा तथा आफ्नो समाज सेवाको भावलाई जोगाउदै भुकम्प पीडितका लागि कम्तीमा पनि १ हजार घर र भुकम्पबाट प्रभावित ५० विद्यालय निर्माण गर्ने योजना रहेको सुनाए । उनले भने-‘ नेपाली लायनहरुको लागि अन्तराष्ट्रियमा नेतृत्व पाउनु ठूलोकुरा भएकोले अव हामीले पनि केही गरेर देखाउने बेला आएको छ ।’

उनले संञ्जय खेतान लायन्सको अन्तराष्ट्रिय डाईरेक्टरमा निर्वाचित भएर आउने वित्तिकै महामारी भुकम्पका प्रभावितका लागि लक्षित गरी लायन्स अन्तराष्ट्रियबाट थप राहतको लागि पहल हुने आफुले विश्वास लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?