Comments Add Comment

स्पष्टीकरण दिन कृषिमन्त्री पराजुली बामदेवको च्याम्बरमा

१६ असार, काठमाडौं । मूलपानीको धानखेतमा महिलासँग अश्लील हर्कत गरेको अभियोगमा विवादित बनेका कृषि मन्त्री हरि पराजुलीले उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष बामदेव गौतमलाई भेटेर स्पष्टीकरण दिएका छन् ।

Hari Parajuliबुधबार अपरान्ह ४ बजे गृहमन्त्रालय प्रवेश गरेका पराजुली करीव २० मिनेट पनि नबसी बाहिरिएका थिए । गृहमन्त्रीका एक सहयोगीका अनुसार उनले आफूविरुद्ध गलत प्रचार भएको स्पष्टीकरण दिएका थिए ।

गृहमन्त्रीले पराजुलीको हर्कत राम्रो नभएको भन्दै असन्तुष्टि जनाएपछि उनले आफूले केही नगरेको र आयोजक कृषक महिला समूहले नै विज्ञप्ति निकालेर मिडियामा भइरहेको प्रचारको खण्डन गरेको समेत गौतमलाई बताएका थिए ।

पराजुलीको पछिल्लो प्रकरणबारे अध्यक्ष केपी ओलीले पनि असन्तुष्टि जनाएपछि उनको मन्त्री पद धरापमा परेको छ । उनी पार्टीभित्र बामदेव गौतम निकटस्थ मानिन्छन् ।

यसैबीच मूलपानीमा मंगलबार रोपाइँ कार्यक्रम आयोजना गरेका मनोहरा मिश्रति कृृषक समाज र महांकाल सफल कृृषक समूहका अध्यक्षद्धय नर्बदा फुयाल र पार्वती चापागाईका नाममा निकालिएको विज्ञप्ति पनि मन्त्री पराजुलीले गृहमन्त्रीलाई देखाएका छन् ।

ती दुबै समूहका अध्यक्षले मन्त्रीलाई आफूहरुले प्रमुख अतिथि बोलाएको र मिडियामा आएजस्तो केही पनि नभएको भन्दै अनर्गल प्रचार नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment