Comments Add Comment

भूकम्प पीडितलाई ५० हजार माग्दै संसदमा प्रस्ताव दर्ता

१६ असार, काठमाडौं । भूकम्प पीडित जनतालाई तत्काल ५० हजार रुपैयाँ अनुदान दिनुपर्ने माग गर्दै बुधवार संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस सभासद रामहरी खतिवडा प्रस्तावक र मोहन बराल तथा आङटावा शेर्पा समर्थक रहेर दर्ता भएको प्रस्तावमा भूकम्प पीडितको अवस्था नाजुक भएको भन्दै ५० हजार दिन प्रस्ताव गरिएको हो ।

सरकारले दिने भनेको १५ हजार रुपैयाँ अझै पीडितले पाउन नसकेको र त्यसबाट अस्थायी बसोबासको व्यवस्था नहुने भएकाले ५० हजार दिनुपर्ने माग गरिएको खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment