Comments Add Comment

एकल महिलाद्वारा ५० लाख रुपैयाँ बराबरको जग्गा दान

१७ असार, बारा । बारा डुमरवाना निवासी ८१ वर्षीया एकल महिला खडककुमारी छत्कुलीले २५ लाख रुपैयाँ पर्ने आफ्नो भोगस्वामित्वको चार कठ्ठा जग्गा डुमरवाना बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरेकी छन् ।

Khadka-Kumari-Bara-Dumarwan

छतकुलीले साढे १२ लाख मूल्य बराबरको दुई कठ्ठा जग्गा बालज्योती निमावि र साढे १२ लाख मूल्य बराबरको दुई कठ्ठा शंकर स्मृति क्लवलाई हस्तान्तरण गरेकी छन् ।

डुमरवाना बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित एक कार्यक्रमवीच जग्गा हस्तान्तरण भएको हो । छत्कुलीले सामुहिक रुपमा डुमरवाना बहुमुखी क्याम्पसका अध्यक्ष कृष्ण पौडेल, बालज्योती निमाविका निवर्तमान अध्यक्ष राजेन्द्र भट्टराई र शंकर स्मृति क्लवका रामकुमार बिष्टलाई हस्तान्तरण गरिन् ।

शिक्षा र सामाजिक विकासका लागि केही गर्ने पारिवारिक ईच्छा र सल्लाहमा क्याम्पसको भौतिक पूर्वाधार तथा समग्र विकासका लागि दान गरेको छत्कुलीकी छोरी सुमित्रा छत्कुलीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment