Comments Add Comment

ट्रकमा ठोक्किएर चन्द्रौटामा एकजनाको मृत्यु

१७ चैत, बुटवल । कपिलवस्तुको चन्द्रौटामा सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

ना ७ ख ४१२२६ नंं.को ट्रकमा आइतबार बिहान ३ बजे लु ४८ प ६९४८ नं.को मोटरसाइकल ठोक्किँदा त्यसका चालक २० वर्षीय सोनु थारुको मृत्यु भएको हो ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका थारुलाई उपचारका लागि बहादुरगञ्ज अस्पताल कृष्णनगर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि भन्दै ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment