२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक पुगेका छन् ।
खचाखच दर्शकहरूले आ–आफ्नो टिमलाई समर्थन गर्दै ऊर्जा दिइरहेका छन् ।
दर्शकले आफ्नो टिमलाई ऊर्जा मात्रै भरेका छैनन्, आफै पनि रमाइरहेका हुन्छन् । हरेक चौका, छक्का र विकेटमा पारापिटमा दर्शकदीर्घाबाट ठूलो आवाज गुञ्जिन्छ । जसले मैदानको माहोललाई निकै उत्साहित बनाउने गर्छ ।
यसबाहेक ओभर ब्रेक र ड्रिंक ब्रेक र इनिङ ब्रेकमा गुन्जिने गीतको तालमा पनि दर्शकहरू नाचेर रमाइलो गर्ने गरेका छन् ।



















प्रतिक्रिया 4