Comments Add Comment

मेस्सी नायक बन्दा बार्सिलोनासँग स्पानियोल स्तब्ध

१७ चैत, काठमाडौं । लिड लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोलमाथि सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा स्पानियोललाई २–० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । उनकै दुवैै गोलमा बार्सिलोनाले स्पानियोलमाथि जित हात पारेको हो ।

पहिलो हाफसम्म बार्सिलोनालाई स्पानियोलले गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा भने कप्तान मेस्सी चम्किए । उनले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८९औं मिनेटमा मेस्सीले फेरी गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

शनिबार राति नै भएका अन्य खेलमा लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले अलाभेसलाई ४–० गोलअन्तरले पराजित गर्दा सेल्टा भिगोले भिल्लारियललाई ३–२ ले र लेगानेसले गेटाफेलाई २–० गोलअन्तरले पराजित गरेका छन् ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । यता, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ५९ अंक छ । लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको भने २८ खेलबाट ५४अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment