Comments Add Comment

चितवनमा तास खेलिरहेका ९ जना पक्राउ

२१ असार, चितवन । पूर्वी चितवनको विरेन्द्रनगरमा तास खेलीरहेका ९ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

Tasवीरेन्द्रनगर-४ स्थित जितबहादुर पुनको घरमा तास खेलिरहेकाहरुलाई इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक माधवराज खरेल नेतृत्वको टोलीले पक्रेको हो ।

तासको खालबाट ४० हजार रुपैयाँ नगद पनि बरामद भएको छ । विशेष सुराकीका आधारमा पक्राउ परेकाहरुलाई कार्वाही अगाडि बढाइएको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरीको जुवा तास नियन्त्रयण अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment