Comments Add Comment

साठी सालअघि भर्ना भएका सशस्त्र प्रहरीले १६ वर्षमै पेन्सन पाउने

२२ असार, काठमाडौं । गृहमन्त्रालयले ल्याएको नयाँ नियमावलीले ०६० सालभन्दा पहिले भर्ना भएका सशस्त्र प्रहरीलाई विशेष सहुलियतको व्यवस्था गरेको छ ।

apfसशस्त्र प्रहरी नियमावली ०७२ अनुसार ०६० सालपूर्व सेवा सुरु गरेका जवानदेखि वरिष्ठ हवल्दारले सेवा सुरु भएको १६ वर्षमा नै पेन्सन पाउने छन् ।

सशस्त्र प्रहरी नियमावली ०७२ को निवृत्तिभरणसम्वन्धी व्यवस्थामा मा २० वर्ष काम गरेकाहरुले पेन्सन पाउने उल्लेख छ । तर, नयाँ नियमावलीमा ०६० साल चैत २६ अगावै सेवा सुरु गरेकाहरुका लागि भने छुट्टै व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार जवानदेखि वरिष्ठ हवल्दारले १६ वर्षमा र सहायक निरीक्षकदेखि वरिष्ठ नायव निरीक्षकसम्मले १८ वर्षमा पेन्सन पाउनेछन् ।

त्यस्तै १५ वर्षसेवा गरेका कुनै सशस्त्र प्रहरी कर्मचारीको निधन भएमा निवृत्तिभरणका लागि आवश्यक सेवा अवधि थप गरेर परिवारलाई पेन्सन वा उपदानमध्ये एक रोज्न लगाइनेछ ।

सशस्त्र प्रहरीमा अवकास अवधि भने पुरानै कायम गरिएको छ । प्रहरी महानिरीक्षकको अवकासको उमेर हद ५८ वर्षमा हुनेछ । महानिरीक्षकको कार्यकाल भने चार वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment