Comments Add Comment

अजितको ‘सवेरै’मा रविन र सजना(भिडियो)

saberai-geet-ajit
गायक अजित घिसिङले आफ्नो नयाँ गीत ‘सबेरै’ बजारमा ल्याएका छन् । शब्द तथा संगीत पनि गायकको नै रहेको गीतमा रिकेश गुरुङको एरेन्जमेन्ट छ । ‘धेरै धेरै माया’ बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पाइला राखेका अजितले गाएका केही गीत चर्चित छन् ।

उनले बजारमा ल्याएको गीतको भिडियोको निर्देशन तथा सम्पादन प्रवेश तन्डुकारले गरेका छन् । धन योञ्जनको छायांकन रहेको भिडियोमा गीतको भाव अनुसार नै उतार्न खोजिएको निर्देशकले बताएका छन् । भिडियोमा रविन र सजनाले मोडलिङ गरेका छन् ।

गायक घिसिङले आफू नेपाली सांगीतिक क्षेत्रमै लागिपर्ने बताए । निर्देशकले गीतको भिडियो उत्कृष्ट बनाएकोमा गायक अजितले खुशी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment