+
+

लुम्बिनीको विकासमा राजनीतिक लफडा

२८ असार, भैरहवा । राजनीतिक खिचातानीका कारण लुम्बिनीको विकास प्रभावित भएको छ । लुम्बिनी विकास कोषले समयमै काम गर्न नसक्दा यस वर्ष १७ करोड रुपैयाँ फिर्ता भएको छ भने एसियाली विकास बैंक (एडीबी)ले सहयोग गरेको १६ करोड रुपैयाँ बराबरको काम पनि भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २८ गते ११:२५

सलमान खान
२८ असार, भैरहवा । राजनीतिक खिचातानीका कारण लुम्बिनीको विकास प्रभावित भएको छ । लुम्बिनी विकास कोषले समयमै काम गर्न नसक्दा यस वर्ष १७ करोड रुपैयाँ फिर्ता भएको छ भने एसियाली विकास बैंक (एडीबी)ले सहयोग गरेको १६ करोड रुपैयाँ बराबरको काम पनि भएको छैन ।

Panel indicating the Lumbini development trust office at Lumbini

विश्व सम्पदामा सूचिकृत एवं शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि गत आर्थिक बर्षको बजेटमा बिनियोजित रकम अनुसारको काम हुन नसकेपछि १७ करोड रुपैयाँ बैशाख १२ को भूकम्पपछि फिर्ता भएको हो ।

तिलौराकोटको जग्गाको मुआब्जा बापतको ४ करोड, लुम्बिनी भित्र वाटर टावर निर्माणको लागि छुट्याइएको ५ करोडसहित अन्य बिकास निर्माणका कामको रकम गरी १७ करोड नेपाल सरकार अर्थ मन्त्रालयलाई बैशाखमा फिर्ता पठाइएको लुम्बिनी विकास कोषका लेखा बिभागका उपसचिव रामबहादुर केसीले बताए ।

‘यहाँ काम नहुने भएसिछ त्यतिकै राखेर फ्रिज गराउनु भन्दा त्यो रकम सरकारलाई नै फिर्ता पठाए अन्यत्र काममा जान सक्ने भएकाले फिर्ता पठाएका हौं,’ उपसचिव केसीले भने, ‘वाटर टावर निर्माणको ठेक्का आह्वान भएन भने कपिलबस्तु तिलौराकोटको जग्गाको मुआब्जा त्यहाँ जमिनका प्रचलित दरभाउ भन्दा अधिक माग भै आएकाले वितरण हुन नसकेको हो ।’

उता एडिबीमार्फत लुम्बिनीमा आएको २४ करोड रुपैयाँ पनि पूर्णरुपमा खर्च हुन सकेको छैन । २४ करोडमध्ये करिब ८ करोड रुपैयाँ मात्र खर्च भएको उपसचिव केसीले बताए ।

एडिबीबाट प्राप्त रकम मन्त्रालय र एडिबीको समन्वयमा खर्च हुने जनाउँदै यसको ठेक्का निस्काशनदेखि लिएर ठेकेदार चयन, निर्माणाधीन बस्तुको अनुगमन सबै मन्त्रालय र एडिबीकै समन्वयमा हुने कोषको भनाइ छ । एडिबीबाट प्राप्त रकममध्ये जम्मा ३३ प्रतिशत मात्रै खर्च हुनु पनि बिडम्बना भएको स्थानीयहरुको भनाइ छ ।

दाताले नपत्याउने चिन्ता

यस्तै भएमा दातृ निकायले पनि अब नपत्याउने स्थानीय पर्यटन व्यवसायी तथा सिद्धार्थनगर उद्योग वाणिज्य संघका सदस्य गोबिन्द ज्ञवाली बताउँछन् । ‘हामीहरु लुम्बिनीलाई पर्याप्त बजेट बिनियोजन सरकारले गर्नु पर्छ बजेट नहुदा समयमै गुरुयोजना सम्पन्न हुन सकेन भन्छौं तर, यहा आएको बजेट पनि फिर्ता जान्छ, यो दुर्भाग्यपुर्ण हो,’ ज्ञवालीले भने ।

आएको बजेट पुरै प्रयोग नभए पनि लुम्बिनी विकास कोषले आगामी आर्थिक बर्षका लागि ९० करोड बिनियोजन गर्न माग गरेपनि मन्त्रालयबाट ५५ करोड बिनियोजनको आश्वासन पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?