+
+

साझाको जग्गामा दक्षिण एशियाली सम्मेलन केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २९ गते १९:३६

Sajha२९ असार, काठमाडौं । सरकारले ललितपुरको पुल्चोकस्थित साझा यातायात भएको ठाउँमा दक्षिण एशियाली सम्मेलन केन्द्र बनाउने घोषणा गरेको छ ।

आगामी आर्थिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. रामशरण महतले यस्तो घोषणा गरेका हुन् । यसका लागि आवश्यक रकम विनियोजन गरेको उनले बताए ।

कानुनी अड्चन

साझा यातायात भएको जग्गा तत्कालीन रानी जगदम्बाले निश्चित प्रयोजनका लागि प्रदान गरेकी थिइन् । एउटा प्रयोजनका लागि दिइएको जग्गा अन्य काममा प्रयोग गर्न कानुनी अड्चन रहेको अर्थशास्त्री केशव आचार्य बताउँछन् ।

उनले भने, ‘तत्काल यो असम्भव देखिन्छ, सरकारले कानुनी अड्चन कसरी हटाउँछ हेर्न बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?