+
+

इलाममा १६ हजार पर्यटक भित्रिए

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २ गते ८:४८

२ साउन, इलाम । इलाममा यो आर्थिक वर्षकोे अवधिमा आन्तरीक तथा वाहृय गरी १६ हजार भन्दा बढि पर्यटक इलाम भित्रिएका छन् ।

इलामको कोल्बुङ्गस्थित जोरकलशमा रहेको जोरकलश पर्यटन  सूचना केन्द्रका अनुसार यो आर्थिक वर्ष (२०७१/०७२) को साउन देखि २०७१/०७२ को अन्त्य सम्ममा १६ हजार ५ सय ४४ जना पर्यटक इलाम भित्रिएका हुन ।

ती मध्ये १४ हजार ९ सय ९० जाना आन्तरीक पर्यटक हुन भने १ हजार ४ सय ५४ जाना वाहृय पर्यटक रहेको जोर कलश पर्यटन सूचना केन्द्रका सूचना अधिकृत प्रेम अधिकारीले जानकारी दिए ।

पहाड कि रानी भनिएर चिनिएको इलाम जिल्ला विशेषगरी चिया खेतिका लागि प्रसिद्ध रहेको छ । पर्यटकहरु विश्वमा नै दुर्लभ र लोपन्मुख मानिएको हाव्रे, थार कालो भालु, इलामको पर्यटकीय स्थल माइपोखरी, सन्दकपुर, विश्वमा नै १० हजार को संख्यामा मात्र रहको र दुर्लभ मानिएको रेड पाण्डा  पाइने स्थल जमूनाको चोयाटार इलामको चियावारी, भ्यूटावर, कन्याम चियाबारी, गजुरमुखि पाथिभरा, माइपोखरी लगायतको भ्रमण गर्न आउने गरेका छन् ।

इलामको चियावारी, हरियाली, साना ठूला नदिनाला, पोखरी, मठमन्दिर सून्दरर्ता पयृटकका आकर्षण रहेको छ ।
नारायण अर्यालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?