Comments Add Comment

यी हुन् बलिउडका सिंगल सुन्दरी

मुम्बई । भनिन्छ, बिबाहपछि नायिकाको करिअर उँचो बनाउन गार्‍है हुन्छ । हलिउडदेखि बलिउडसम्मै यही सुत्र लागु हुन्छ । बलिउडमा केही यस्ता सिंगल सुन्दरी छन् जसको सौन्दर्यले जोसुकैलाई भुतुक्कै बनाउँछ ।

‘टाईम्स अफ इण्डिया’ले त्यस्ता केही सुन्दरीहरुको सूची तयार पारेको छ । ती मध्ये केही सुन्दरी यस्ता पनि छन् जसले अभिनयमा कुनै प्रभाव छाड्न सकेनन् । तर, सौन्दर्यकै कारण करिअर चम्काईरहे । हेरौं को-को रहेछन् यी सुन्दरीः

PriyankaParineeti
परिणिती – प्रियंका

परिणिती चोपडाको हातमा अहिले एउटा पनि गतिलो फिल्म छैन । तर, उनका प्रसंसक घटेका छैनन् । कारण सार्वजनिक कार्यक्रममा उपस्थित हुँुदा उनको सौन्दर्यको तारिफ गर्नेहरु धेरै हुन्छन् ।

दीपिका पादुकोणको त सौन्दर्य चर्चा धेरै भैसक्यो भन्दा पनि हुन्छ । सौन्दर्यकै कारण चर्चामा रहेकी दीपिकाको रुपको जादुुले कुनै वेला रणबीर कपुरलाई तानेको थियो भने अहिले रणबीर सिंह तानिएका छन् ।

सौन्दर्य जोडिएर पछिल्लो समय चर्चामा आउन थालेकी छिन् श्रुती हसन । हिन्दी फिल्म ‘रकस्टार’ प्रदर्शन भएपछि चर्चामा आएकी श्रुति पछिल्लो समय बलिउडमा आएका मध्ये सेक्सी मानिन्छिन् ।

उमेरले ३५ कटेपनि बिपाशा बसुको सौन्दर्य चर्चा अझै सेलाएको छैन । हलिउड नायिका सेलेना गोमेजलाई धेरैले भन्छन सेक्सी सिंगल । केही समय जस्टिन बीबरसंग सम्बन्धमा रहेपनि उनी बिबाहित होईनन् । हलिउडमा रहेकी सेक्सी सिंगलको सूचीमा उनि जहिल्यै अगाडी हुने गर्छिन् ।

फिल्म लगातार असफल हुँदा पनि सोनाक्षी सिन्हाको चर्चा भईरहनुको मुख्य कारण हो उनको सौन्दर्य । झलक्क हेर्दा गाउँले युवति जस्ती देखिने सोनाक्षीको अनुहारमा अतिरिक्त चमक छ भन्नेहरु धेरै छन् ।

दीपिका-सोनाक्षी
दीपिका-सोनाक्षी

सौन्दर्यकै कारण वारम्वार चर्चा हुन्छ अर्कि नायिका पि्रयंका चोपडाको । पछिल्लो समय राम्रा मात्रै फिल्ममा केन्दि्रत हुन थालेकी प्रीयंकाको सौन्दर्य हेरेर लोभिनेहरु धेरै छन् । यो सूचीवाट कटि्रना कैफ कहिल्यै अलग हुनै सक्दिनन् । पछिल्लो समय रणबीर कपुरसंग नजिकिएकी कटि्रनाको हाँसो निकै कामुक छ भनिन्छ ।

आशीकी-२ र एबीसीडी-२ भन्दा धेरै चर्चा हुन्छ नायिका श्रद्धा कपुरको ज्यानको । पातलो शरीर, गोरो छाला । अभिनय गरेका प्राय चलचित्र हिट । यस कारण पनि श्रद्धाको प्रसंसा गर्नेहरु बढेका छन् ।

अनिल कपुरकी छोरी सोनम कपुरले अभिनयमा दमदार उपस्थिती जनाउन नसकेपनि अब्बल सौन्दर्य प्रस्तुत गर्ने मामलामा सक्रिय हुँदै आएकी छिन् । अनुश्का शर्माको त क्षमता, सौन्दर्य दुबै विषयको चर्चा ब्यापक छ अहिले । प्रीति जिन्टा, सुस्मिता सिंह, करिष्मा कपुर पनि अझै सिंगल गर हट हिरोईन भनेर चिनिन्छन् बलिउडमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment