+
+

भूकम्प पीडितलाई फुर्वा लामाको १५ लाखको राहत सामाग्री

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३ गते १५:२८

Solar

३ साउन, कठमाडौं । समाजसेवी फुर्पा लामाले भूकम्प अतिप्रभावित जिल्लामा १५ लाख रुपैयाँ बराबरको सोलार बत्ति तथा अन्य राहत सामग्री वितरण गरेका छन् । लामाको व्यत्तिगत पहलमा विदेशमा रहेका साथी तथा संघसंस्थामार्फ उपलब्ध भएका विभिन्न राहत सामग्री वितरण गरेका हुन ।

उनले सिन्धुपाल्चोकको विभिन्न गाविसमा सोलार बत्ति, घर बनाउने जस्तापाता, त्रिपाललगायतका सामग्री वितरण गरेका हुन । लामाले अमेरिकन सोलर बत्ति भूकम्प अति प्रभावित जिल्लामा वितरण गर्दै आएका छन् ।

अहिलेसम्म उनले ७० थान सोलार, ८५ बन्डल जस्तापाता र ३० बन्डल त्रिपाल वितरण गरिसकेका हुन । उनले पहिलो चरणमा राहत स्वरुप त्रिपाल वितरण गरे । त्यसपछि बस्ने बास बनाउनका लागि जस्तापाता र अहिले विजुली बाल्नका लागि सोलार बाडेका हुन ।

Jasta-Pata

जलबायु परिवर्तन सम्वन्धी काम गर्दै आएका लामाले गत बैशाख १२ पछिदेखि हालसम्म राहतका सामग्री निरन्तर बाड्दै आएका हुन । उनका अनुसार केही दिनमा दोलखा र नुवाकोटका केही विद्यालय तथा सार्वजनिक स्थलमा पनि सोलार राखिदिने छ । उक्त सोलार अमेरिकी एक संस्थासँग अर्डर गरिसकेको बताए ।

उक्त सोलारको प्रतिथान मूल्य ५० हजारदेखि ७० हजारसम्म पर्ने बताए । त्यसबाट १ सय ५० वाट विजुली निकाल्न सकिने क्षमताको छ । उनले हालसम्म रामेछाप, सिन्धुपाल्चोक, दोलखा, नुवाकोटलगायतका जिल्लामा विभिन्न सामग्री वितरण गरिसकेका छन् ।

यसैगरी भूकम्पबाट प्रभावित जिल्लामा मानिसलाई राहत स्वरुप रकम समेत उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?