+
+

चालक रिहाइको माग गर्दै कोशी बन्द आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ५ गते ७:४८

५ साउन, इटहरी । पक्राउ परेका चालकको रिहाइको माग गर्दै यातायात मजदूरले कोशी अञ्चल बन्दको आह्वान गरेका छन् । गत जेठ २८ गते धरान बिराटनगरको रुटमा सञ्चालित को १ ख ४१४५ नं को यात्रुबाहक बसका चालकलाई अनुशन्धानको नाममा प्रहरीले पक्राउ गरी अझै सम्म नछाडेको भन्दै यातायातका संगठनका मज्दुरहरुले मंगलबार देखि कोशी अञ्चलमा यातायातका साधनहरु बन्द गराएका छन ।
Sadak
जेठ १८ गते चारकोशे झाडि अन्तरगत सेउतीपुल आसपास धरानबाट इटहरी तर्फ आउदै गरेकी स्कुटीमा सवार एक महिलाको दुर्घटनामा परी मृत्यु भए पश्चात अनुशन्धानको नाममा चालक दुर्गाप्रसाद घिमिरेलाई पक्राउ गरिएको विरोधमा बन्द गरिएको यातायात मजदूरहरुको भनाई छ । उनीहरुले चालक घिमिरे निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

स्कुटीमा सवार महिलालाई ठक्कर दिने सवारी साधनको पहिचान बिना नै गाडीको रंगको आधारमा चालक पक्राउ गर्नु र पक्राउ चालकले पनि आफु घटना सम्बिन्ध अनभिज्ञ छु भन्दा भन्दै जबरजस्ती मुद्धा चलाउनु गलत भएको भन्दै मजदूरहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रहरीको हिरासतमा रहेका चालकलाई मंगलबार र बुधबार साँझ सम्ममा नछाडे आगामी ९ गतेबाट पूर्वाञ्चलभरीका सार्वजनीक सवारीहरु ठप्प बनाउने संगठनमा आवद्ध मज्दुरहरुले चेतावनी दिएका छन । बन्दमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ कोशी अञ्चल समनवय समिती , नेपाल यातायात स्वतन्त्र मज्दुर संगठन , नपाल यातायात मज्दुर संघ सुनसरी , अखिल नेपाल यातायात मज्दुर संगठन सुनसरी , नेपाल यातायात चालक मिस्त्रि संयुक्त मजदुर संघ सुनसरी गरी पाचँ वटा मज्दुर संगठन सामेल रहेका छन ।

बन्दका कारण कोशीका सुनसरी र मोरङको जनजीवन प्रभावित भएको छ । बिना जानकारी गरिएको बन्दले स्थानीय प्रभावित बनेका छन् ।
तेज बनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?