+
+

सस्तोमा फिल्म देखाउँदै सलमान

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ५ गते १०:०५

Bajrangi-Bhaijaan-Salman-Khan-1

मुम्बई । अभिनेतावाट निर्माता बनेपछि सलमानले खान भारतीय दर्शकलाई सस्तो टिकटमै हिन्दी फिल्म देखाउने अभियान सुरु गर्ने भएका छन् । भारतीय समाचार माध्यमले जनाए अनुसार अब उनले ‘जनता मल्टिप्लेक्स चेन’ सुरु गर्ने भएका छन् ।

फोब्स पत्रिकाको सूचीमा विश्वका धनीहरु मध्ये ७१ औं स्थानमा परेका सलमानले आम भारतीयलाई मल्टिप्लेक्समा पुर्‍याउने अभियान सुरु गर्ने भएका छन् ।

सलमानले केही समयदेखि एउटा समुह नै बनाएर दक्षिण भारतको सिनेमा कल्चरमाथी अध्ययन गरेका थिए । उनको अध्ययन अनुसार दक्षिण भारतमा टिकट दर सामान्य छ । त्यहाँ ३० देखि ३५ हजार जनसंख्या भएको शहरमा पनि सिनेमा हल छ ।

तर, उत्तर भारतको स्थिती फरक छ । कतिपय ठाउँ यस्तो पनि छ । एकलाख जनसंख्या भएको ठाउँमा एउटा पनि सिनेमा हल छैन । सिंगै भारतमा १२ हजार सिनेमा घर रहेको छ । तमिलनाडु, आन्ध्र प्रदेश, तेलंगाना, केरलामा ४० प्रतिशत सिनेमा हल रहेको छ भने बाँकी भारतमा ६० प्रतिशत ।

ट्रेड विशेषज्ञका अनुसार भारतमा महंगो टिकट किनेर सिनेमा हेर्ने दर्शक १० प्रतिशत मात्रै छन् । अब सलमानले आम सर्वसाधारणमा सिनेमाको पहुँच पुर्‍याउनका लागि चेन हल सुरु गर्ने भएका छन् । त्यसका लागि ३ सय करोड उनको आफ्नै लगानी रहने छ भने केही कर्पोरेट कम्पनिलाई पनि सहभागी गराउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?