Comments Add Comment

आयुर्वेद अध्ययन संस्थान डिनमा डा. सञ्जय पोख्रेल

६ साउन, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानको डिनमा डा. सञ्जय पोख्रेल नियुक्त भएका छन् ।

Dr-Sanjay-Pokhrelविश्वविद्यालय कार्यकारि परिषदको बैठकले डा. पोख्रेललाई ४ वर्षका लागि डिनमा नियुक्त गरेको हो । गत फागुन ६ गते डा. रामेश्वर अधिकारीको पदावधि सकिएपछि डिन पद रिक्त थियो ।

डा. पोख्रेलले राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स वैङलोर दक्षिण भारतबाट वि.ए.एम.एस., नेशनल इन्स्टिच्यूट अफ आयुर्वेद जयपुर राजस्थानबाट कार्यचिकित्सा (जनरल मेडिसिन) मा एम.डी. गरेका छन् ।

उनले बनारस हिन्दु युनिभर्सिटीबाट पी.एच.डी. गरेका हुन् । पोख्रेलले वनारस हिन्दु युनिभर्सिटीमा एक वर्ष उपप्राध्यापक पदमा काम गरेका थिए ।

पदभार ग्रहण गर्दै नवनियुक्त डिन डा. पोख्रेलले सबैको साथ लिएर आयुर्वेदको विकासका चुनौति सामना गर्न लाग्ने बताए ।

– उज्वल आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment