Comments Add Comment

नेजाको सहयोग रकम हस्तान्तरण

neja help

बाल्टिमोर । नेपाल अमेरिका पत्रकार संघले दिवंगत पत्रकार सञ्जीव घिमिरेको बालबच्चाको पठनपाठनको लागि दुई लाख ७५ हजार रुपैंया सहयोग प्रदान गरेको छ ।  नेजाको पहलमा अमेरिकामा रहेका संचारकर्मी र समुदायका अन्य सदस्यहरुबाट संकलित रकम काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले दिवंगत पत्रकार घिमिरेकी पत्नी अनिता घिमिरेलाई हस्तान्तरण गरे ।

महासंघको सचिवालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा नेजाको तर्फबाट संकलित रकम नेजाका पूर्व सल्लाहकार प्रताप अधिकारीले महासंघका अध्यक्ष डाक्टर विष्टलाई प्रदान गरेका थिए ।

नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाको अनुरोधमा नेजाका अध्यक्ष गौतम दाहाल, क्षेत्रीय संयोजक विकासराज न्यौपाने र सक्रिय सदस्यद्वय सुरेशचन्द्र पोखरेल र सदस्य मुकेशचन्द्र बरालको विशेष पहलमा उक्त रकम संकलन भएको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सहयोग गरेकोमा नेजा र अमेरिकास्थित नेपाली पत्रकारहरुलाई धन्यवाद दिए । उनले स्वर्गीय घिमिरेको परिवारलाई महासंघले सक्दो सहयोग गर्ने बताउदै घिमिरेको छोराहरुको शिक्षाका लागि आवश्यक पहल गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै नेजाकातर्फबाट प्रतिनिधित्व गर्नुभएका पूर्व सल्लाहकार एवं सदस्य प्रताप अधिकारीले घिमिरे परिवारलाई थोरै भए पनि राहत उपलब्ध गराउने उदेश्यले रकम संकलन गरिरहेको बताए ।

घिमिरे परिवारका सदस्यको तर्फवाट बोल्दै गोपाल तिवारीले रिपब्लिका शाखा, नेजा र महासंघलाई धन्यवाद दिए ।

रिपब्लिका शाखाका अध्यक्ष कोषराज कोईरालाले आफ्नो शाखाको पहलमा रकम जम्मा गरेर घिमिरे परिवारलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए ।

स्वर्गीय घिमिरेको बालबच्चाको पठनपाठनका लागि सहयोग जुटाउन भन्दै नेजाले चार महिना पहिले पहल गरेको थियो । यस क्रममा नेजाले आफ्ना सदस्य र समुदायका सदस्यहरुबाट यसरी स्वेच्छिक सहयोग संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment