Comments Add Comment

प्रचण्डले भने-मलाई गाली गरेपछि फोहोरी पनि दुधले नुहाएको जस्तो हुन्छ

prachanda

९ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुले एक ठाउँमा हुँदा पार्टीको र छुटि्टएपछि गुटको कुरा गर्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी गुट र उपगुटले भनिएको स्वीकार गरे ।

उनले आफूले जे गरेपनि गर्ने तर, दोष प्रचण्डलाई दिने गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने-‘यतिबेला प्रचण्डलाई गाली गरेपछि सबैभन्दा फोहोरी मानिस पनि दुधले नुहाएको जस्तो हुन्छ ।’

त्यसअघि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले रुपान्तरणको कुरा गर्ने तर, आफूले सिन्को नभाच्ने प्रवृत्ति देखिएको बताएका थिए । उनले आफू नसच्चिने तर, अरु रुपान्तरित हुनुपर्छ भनिरहने हो भने पार्टी सकिने उनको भनाइ थियो ।

श्रेष्ठको अभिब्यक्तिप्रति लक्षित गर्दै प्रचण्डले आफू रुपान्तरित भएर अघि बढ्न तयार रहेको तर, सबैले म म भन्नु पर्ने बताए । ‘विचार, कार्यदिशा सबै एक छ । हामी एकै ठाउँमा उभिँदा केही फरक छैन’ उनले भने-‘तर, एकान्तमा , एक्लै भेट्दा के के भन्छौं ? शायद हामी अर्कै भनिरहेका छौं ।’

प्रचण्डले नेताहरुले तपाईलाई एक्लै भेट्दा के भन्छन् ? भनेर कार्यकर्तालाई प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment