+
+
Shares

प्रदिपले भने–‘फिल्मको समीक्षा एक सातापछि गर्ने हो’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २४ गते १२:१२

शुक्रबारदेखि रिलिज भैरहेको चलचित्र ‘लभ स्टेशन’लाई लिएर नायक प्रदिप खड्का आशावादी छन् । तर, चलचित्र दुई टर्किस फिल्मबाट हुबहु कपी गरिएको प्रष्ट भैसकेको छ । समीक्षकले पनि चलचित्रलाई कपी भन्दै कमजोर रेटिङ देखिएका छन् । नायक प्रदिप खड्कालाई भने समिक्षकको समीक्षा गर्ने शैली र हतारो चित्त वुझेको छैन ।

शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा भेटिएका प्रदिपले भने–‘अहिले समीक्षा निकै हतारमा हुन्छ । यो समीक्षा भन्दा पनि कसैलाई सकिहालौ, ढालिहालौ भन्ने खेल हो । यो एक प्रकारको आक्रामण भयो ।’

समिक्षकलाई समीक्षा गर्ने दिन समेत सुझाव दिदै प्रदिपले भने–‘समीक्षा भनेको चलचित्र चलेको एक सातापछि बिहिबार अन्तिम शो पछि गर्ने हो । हलमा दर्शक कती आए, दर्शकले के भने ? समीक्षकको नजरमा कमजोर रहेतापनि दर्शकले माया गरेका छन् भने चलचित्रको मेकरसँग सल्लाह गरेर समीक्षा गर्नुपर्छ ।’

उनले, चलचित्र क्षेत्रका सबै मानिस बनेर समीक्षा गर्नुपर्ने पनि तर्क गरेका छन् ।  तर, नायक खड्काले भने चलचित्रको समीक्षा गर्न समीक्षकले एक साता कुर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?