Comments Add Comment

हुरी प्रभावितलाई अस्थायी टहरा बनाउँदै नेपाली सेना

२३ चैत, वीरगञ्ज । नेपाली सेना बारा र पर्साका हुरी प्रभावितहरुका लागि अस्थायी टहरा निर्माणमा जुटेको छ ।

उद्दार र राहत वितरण सकिए लगतै नेपाली सेवाका जवानहरु त्रिपालको अस्थायी टहरा निर्माणमा जुटेका हुन् । वीरगञ्ज स्थित चण्डी प्रसाद गणका नेपाली सेनाका जवानहरुले पर्सा र बारा जिल्लामा गरी १ सय ५२ वटा त्रिपाल टाँगका छन् ।

घरबारबिहीन परिवारलाई बस्न मिल्ने गरी सेनाले ९२ वटा पाल टाँगेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए ।

पर्सा जिल्लाको अति प्रभावित क्षेत्र जगरनाथपुरमा ४८, सुखचैनामा ३८, उदयपुरघुर्मीमा ४, बहुदरमाईमा १५ र ठोरीमा ३ वटा गरी ९२ वटा पाल टाँगिएको हो । परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा थप ६० वटा त्रिपाल टाँगिएको श्री चण्डी प्रसाद गणका गणपति श्रीजन बहादुर मल्लले जानकारी दिए ।

हवाहुरीका कारण पर्सा जिल्लामा ५ सय ९ घरधुरी प्रभावित भएको तथ्याङ्क छ । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी भट्टराईको टोली ठोरी गाउँपालिकाको प्रभावित क्षेत्रको अवलोकनका लागि गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment