+
+
Shares

बाढी प्रभावित विदुर नगरपालिकाभित्र चार पक्की पुल र दुई बेलिब्रिज निर्माणको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्रीसमक्ष विस्तृत कार्ययोजना पेश गरेको छ।
  • प्रस्तावमा वेत्रावतीदेखि बुधसिंघाटसम्म ४ वटा पक्की पुल र दुई स्थानमा बेलिब्रिज निर्माण गर्न भनिएको छ।
  • ढुंगेदेखि कोलनी र बिदुर ४ सिमचौरदेखि बिदुर १२ गौरीबेँसी जोड्ने बेलिब्रिजले नुवाकोट, त्रिशूली पारी क्षेत्र र धादिङसम्मको आवागमन सहज हुने उल्लेख छ।

३० भदौ, काठमाडौं । बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका भित्र ४ पक्की पुल र दुई बेलिब्रिज निर्माण गर्न प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसमक्ष छलफल गरेका थिए । सो क्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरेको छ ।

मेयर राजन श्रेष्ठले सो कार्ययोजना प्रधानमन्त्रीसमक्ष पेश गरेका हुन् । उक्त प्रस्तावमा सम्भाव्यता अध्ययन गरी वेत्रावतीदेखि बुधसिंघाटसम्मका स्थानमा ४ वटा पक्की पुल निर्माण गर्न प्रस्ताव गरिएको छ ।

यसबाहेक दुई स्थानमा बेलिब्रिज बनाउन स्थानीय सरकारले संघीय सरकारसमक्ष प्रस्ताव गरेको छ । ढुंगेदेखि कोलनी जोड्ने स्थानमा बेलिब्रिज बनाउन प्रस्ताव गरिएको छ । यसले नुवाकोट त्रिशूली पारीको क्षेत्र र धादिङसम्मको आवागमन सहज हुने प्रस्तावमा उल्लेख छ ।

अर्को बेलिब्रिज बिदुर ४, सिमचौरदेखि बिदुर १२ गौरीबेँसी जोड्ने स्थानमा जोड्न प्रस्ताव गरिएको छ । यसबाहेक छत्रेखोलाबाट शिरखाली–रणभवनेश्वरी–मान्द्रेढुंगा–गौरीबेँसी–कालीखोला–माझीगाँग–कोलनी–आँगपुटार–तुप्चे–भित्रिनीटार–सिस्नेचौर हुँदै च्याम्पेश्वरा जोड्ने वैकल्पिक सडक स्तरोन्नती गर्न समेत केन्द्र सरकारसमक्ष प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?