+
+
Shares

जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट मध्यराति फरार

फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटकी २५ वर्षीया सपना तामाङ जन्मकैदको सजाय भुक्तान गर्दै गर्दा सुन्धारा कारागारबाट मध्यराति फरार भएकी छिन्।
  • सपना तामाङले भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको कारागार प्रमुख कृष्ण चापागाईंले बताए।
  • फरार घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक अनुसन्धान गरिरहेका छन् र सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत छ।

३ जेठ, काठमाडौं । जन्मकैदको सजाय तोकिएकी महिला मध्यराति सुन्धारा कारागारबाट फरार भएकी छिन् ।

फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ छन् । उनी शुक्रबार राति १ बजेतिर कारागारबाट फरार भएको सुन्धारा कारागारमा प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंले बताए ।

भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको उनले बताए । उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् ।

यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।

घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक रुपमा अनुसन्धान गरेका छन् । कारागारको सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?