News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ।
- नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा अपराह्न ४ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूले बताए।
- गोदाममा पुराना प्रयोग भइसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्रीहरू रहेको र नजिकै फोहोर जलाउन बालिएको आगोबाट आगलागी भएको प्रहरीले जनाएको छ।
३ जेठ, बैतडी । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ ।
आइतबार दिउँसो करिब साढे ३ बजेको समयमा आगलागी भएको हो ।
आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
गोदाममा पुराना प्रयोग भइसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्रीहरू रहेको प्रहरीले बताएको छ ।
नजिकै फोहोर जलाउन बालिएको आगोबाट आगलागी भएको बडूले बताए ।
आगो कसरी सल्कियो भन्नेबारे नखुलेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4