
बलिउडका सफल निर्देशक तथा कलाकार फरहान अख्तर यतिबेला प्रेमको यात्रामा डुबुल्की मारिरहेका छन् । उनी अहिले सिवानी डान्डेकरसँगको प्रेममा मस्त छन् । यी दुइको रोमान्टिक तस्बिरहरु समय समयमा सार्वजनिक पनि भैरहेका छन् । तर, यतिबेला समुन्द्रमा निकै नै मस्ती मुडमा रहेका यी दुइको तस्बिरल हंगामा मच्चाइरहेको छ ।
फरहानको बर्थ डेको अवसर पारेर यी दुई समुन्द्री तटमा रोमान्स गर्न पुगेका थिए । उनीहरुले रमाइलो मात्र गरेनन्, सामाजिक संजालमा तस्बिर पनि शेयर गरेका थिए । उनीहरुको प्रेमको छाल र समुन्द्रमा पानीको छालको शैली उस्तै थियो । यो तस्बिर सार्वजनिक भएसँगै उनीहरुको गहिरो प्रेमको बारेमा समेत चर्चा हुन थालेको छ ।
पत्नीसँग डिभोर्स गरेर फरहान सिवानीसँग बिहे गर्ने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4