Comments Add Comment

दिल्लीविरुद्ध जितको खोजीमा बैंग्लोर, टिममा पर्लान् सन्दीप ?

Photo Credit : आईपीएल

२४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ ।

दिउँसो सवा ४ बजे हुने खेलमा बैंग्लोर छैटौं खेलमा जितको खोजीमा हुनेछ । यसअघिका सबै खेलमा बैंग्लोर पराजित भएको छ । घरेलु मैदानमा दिल्लीलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा बेंग्लोर छ । अहिलेसम्म बैंग्लोर अंकविहीन छ ।

यता, दिल्ली पनि बैंग्लोरलाई पराजित गर्दै लिगमा तेस्रो जितको खोजिमा हुनेछ । दिल्लीले खेलको पाँच खेलमध्ये दुई खेलमा जित हात पारेको छ भने तीन खेलमा पराजित भएको छ । दिल्ली अहिले लिगको छैटौं स्थानमा छ । बैंग्लोरलाई पराजित गरे दिल्ली लिगको दोस्रो स्थानसम्म उक्लिन सक्छ । तर निकै गाह्रो छ ।

लिगको शीर्ष स्थानमा रहेको चेन्नाई सुपर किंग्सको ८ अंक छ । तर बाँकी चार टिम सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स र किंग्स इलाभेन पञ्जाबको समान ६-६ अंक छ ।

दिल्लीको भने चार अंक छ । दिल्लीले बैंग्लोरलाई फराकिलो अन्तरले पराजित गरे लिगको दोस्रो स्थानमा उक्लिने छ भने कम अन्तरले पराजित गरेको खण्डमा पनि दिल्लीलाई तेस्रो स्थानसम्म पुग्ने मौका छ ।

खेल्न पाउलान् सन्दीपले ?

पछिल्लो तीन खेलमा लगातार खेल्न पाएका सन्दीप लामिछानेले बैंग्लोरविरुद्ध प्लेइङ इलाभेनमा पर्न सक्लान् ? त्यो केही घण्टाभित्र थाहा हुनेछ ।

तर पछिल्लो समयमा सन्दीपले आफूले पाएको अवसरलाई सही सदुपयोग गर्न सकिरहेका छैनन् । यद्यपि उनले अहिलेसम्म तीन खेलबाट चार विकेट भने लिइसकेका छन् ।

सन्दीप टिममा परेपछि दुई खेलमा दिल्लीले हार व्यहोरेको छ भने एक खेलमा मात्रै जित हात पारेको छ । पछिल्लो दुई खेलमा चर्चित स्पिनर अमित मिश्र बेन्चमै छन् । उनी सन्दीपको स्थानमा पनि मैदानमा आउन सक्ने अनुमान लगाइएको छ ।

टिममा पर्नका लागि सन्दीपले उनीसँग मात्रै प्रतिस्पर्धा गर्नु पर्ने अवस्था होइन । अन्य सात जना विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै टिममा पर्नु पर्ने हुन्छ ।

यस्तो छ सम्भावित प्लेइङ इलाभेन–

दिल्ली

पृथ्वी शा, शिखर धवन, श्रेयस ऐयर (कप्तान), कोलिन इनग्राम, रिशव पन्त, क्रिस मोरिस, अक्षर पटेल, कागिसो रबडा, राहुल टेवाटिया, इशान्त शर्मा र सन्दीप लामिछाने ।

बैंग्लोर

पार्थिव पटेल, विराट कोहली (कप्तान), एबी डिभिलियर्स, मार्कुस स्टोइनिस, मोइन अली, अक्षदीप नाथ, युजविन्द्र चाहल, पवन नेगी, नवदीप साइनी, मोहम्मद सिराज र टिम साउथी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment