Comments Add Comment

उपाधि दावेदार डर्टमन्ड ५-० ले पराजित, वायर्न शीर्ष स्थानमा

२४ चैत, काठमाडौं । डिफेन्डिङ च्याम्पियन वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा शीर्ष स्थानको बोरुसिया डर्टमन्डलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै वायर्न लिगको शीर्ष स्थानमा उक्लिएको हो । वायर्न को जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गर्दा माट हुमेल्स, सेर्गी ग्नाब्री र मार्टिनेज अग्युइनागले समान १-१ गोल गरे ।

खेलको सुरुवाती समयदेखि नै डर्टमन्डमाथि दबाब बनाएको वायर्नले पहिलो हाफमा नै चार गोल गर्न सफल भएको थियो । खेलको १०औं मिनेटमा नै हुमेल्सले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए ।

खेलको १७औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि वायर्नले दोब्बर अग्रता बनायो । यसपछि खेलको ४१औं मिनेटमा मार्टिनेज र ४३औं मिनेटमा ग्नाब्रीले गोल गर्दै पहिलो पहिलो हाफसम्म ४-० गोलको अग्रता दिलाए ।

वायर्नले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । खेलको ८९औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै ५-० गोलको जित दिलाएका हुन् ।

जितपछि वायर्नले २८ खेलबाट ६४ अंक बनाएको छ । पराजित डर्टमन्डको भने समान खेलबाट ६३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment