Comments Add Comment

म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश

२४ चैत, काठमाडौं । म्यान्चेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको सेमिफाइनल खेलमा ब्राइटनलाई १-० गोलको संघर्षपूर्ण जित निकाल्दै सिटी एफए कपको फाइनलमा पुगेको हो । सिटीको जितमा गाबि्रयल जिससले निर्णायक गोल गरे ।

खेलको तेस्रो मिनेटमा उनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै बल आफ्नो नियन्त्रणमा लिएको सिटीले पहिलो हाफमा १-० गोलको बराबरी खेलेको थियो ।

दोस्रो हाफमा ब्राइटनले राम्रो प्रदर्शन गर्दै सिटीलाई गोल गर्न दिएन तर गोल फर्काउन नसक्दा ब्राइटन १-० ले पराजित हुन पुग्यो । हारसँगै ब्राइटनले फाइनल पुग्ने राम्रो अवसर पनि गुमाएको छ ।

सिटीले अब उपाधिका लागि वुल्भ्स र वाटफोर्डबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment