+
फिफा विश्वकप २०२६ :

दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स जापानसँग बराबरीमा रोकियो

२०८३ असार  १ गते ३:४२ २०८३ असार १ गते ३:४२

दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत डलास स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्स र जापानले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
  • खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सका भर्जिल भान डाइक र क्रिसेन्सो समरभिलले गोल गर्दै टोलीलाई दुईपटक अग्रता दिलाएका थिए ।
  • जापानका तर्फबाट केइतो नाकामुरा र डाइची कामाडाले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका हुन् ।

१ असार, काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ ।

डलास स्टेडियममा भएको खेल २-२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै गोल भएका थिए ।

५०औं मिनेटमा भर्जिल भान डाइकले हेडरमार्फत गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटमा नै जापानले बराबरी गोल फर्कायो ।

केइतो नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको सात मिनेटमा नेदरल्यान्ड्सले फेरि अग्रता लियो । ६४औं मिनेटमा क्रिसेन्सो समरभिलले गोल गरेपछि नेदरल्यान्ड्स अग्रतामा आयो ।

८९औं मिनेटमा डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । कर्नरबाट आएको बललाई उनले हेडर गोल गरेका थिए ।

त्यसपछि कुनै गोल भएनन् र दुवै टोलीले अंक बाँडे ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय