+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

२०८३ असार  १ गते ८:३५ २०८३ असार १ गते ८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को समूह एफमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ ।
  • स्वीडेनका यासिन अयारीले ७औं मिनेटमा र अलेज्यान्डर इसाकले ३०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
  • ट्युनिसियाका ओमार रेकिकले ४३औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफ २-१ को स्थितिमा सकिएको छ ।

१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ ।

यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन् ।

अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे ।

भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।

तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको छ । ट्युनिसियाका लागि ओमार रेकिकले ४३औं मिनेटमा गोल गरे ।

हानीबल मेज्बरीको क्रसमा रेकिकले हेड मार्फत गोल गरेका हुन् ।

 

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय