Comments Add Comment

एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको रोमाञ्चक जित, मेस्सी र स्वारेजको गोल

२४ चैत, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित हात पारेको छ ।

शनिबार राति घरेलु मैदानमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे ।

पहिलो हाफसम्म बराबरीमा रोकेको एट्लेटिकोले दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलको २८ मिनेटमै एट्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो । डिएगो कोष्टा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिकोलाई झड्का लागेको थियो ।

खेलको ८५औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको एक मिनेट बित्न नपाउँदै बार्सिलोनाले अर्को एक गोल थप्न सफल भयो । यो पटक भने कप्तान मेस्सीले गोल गरेका थिए ।

जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँगको अंक दूरी पनि बढाएको छ । ११ अंकको अग्रता बनाएको बार्सिलोना उपाधि नजिक पनि पुगेको छ ।
बार्सिलोनाको ३१ खेलबाट ७३ अंक हुदा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ६२ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment